npl.977 Nepal News Stream

Himal Press logo Himal Press

ज्ञानेन्द्र शाहको सम्बोधन सम्झाउँदै लिङ्देनले भने : पूर्वराजा, दल र नयाँ पुस्ताबीच नयाँ समझदारी गरौँ

Kiran Poudel 1 day ago

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावअघि पूर्वराजा, दल र नयाँ पुस्ताबीच नयाँ समझदारी गर्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले २०८४ सालमा हुनुपर्ने चुनावलाई २०८२ सालमा जबरजस्ती गराइएको आरोप लगाए। ‘यही व्यवस्था ठिक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती चुनावतर्फ लगियो भने समस्या केही समयका लागि टर्ला, तर पछि झन् जटिल र भयानक बन्नेछ, देश दुर्घटनातर्फ जानेछ,’ लिङ्देनले भने।

देशमा कसैले पनि आफूलाई निषेधित भएको महसूस नगर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ थियो। राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ समझदारी आवश्यक रहेकोमा जोड दिए।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई सुझावको रूपमा आएको भन्दै लिङ्देनले त्यसलाई सकारात्मक रूपमा लिन राजनीतिक दललाई आग्रह गरे। ‘नेपाल प्रथम, नेपाली प्रथम’को भावनासहित नयाँ सहमति गर्न आह्वान गरे।

आगामी चुनाव देश रहन्छ कि रहँदैन भन्ने प्रश्नसँग जोडिएको उनको भनाइ थियो। सामाजिक सञ्जाल हेरेर नभई गम्भीरतापूर्वक निर्णय गरेर मतदान गर्न उनले आग्रह गरे।

वर्तमान व्यवस्थामै चुनाव भए देश दुर्घटनातर्फ जाने चेतावनी दिँदै समस्या व्यक्तिमा मात्र नभई व्यवस्थामा रहेको लिङ्देनको जिकिर थियो।

Read more news from Himal Press

Explore by Source or Category