npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

आइएमईको उपहार योजनामा बद्री बने विजेता, एस मनी ट्रान्सफरबाट पैसा पठाउँदा पाए टियागो इभी

Basudev Timalsina 7 hours ago

काठमाडौं। पोर्चुगलमा रोजगारी गरिरहेका दोलखाका बद्री लामाले नेपालमा टाटा टियागो इभी जितेका छन्। एस मनी ट्रान्सफरमार्फत आइएमई गरेका लामाले आइएमई लिमिटेडले सञ्चालन गरेको योजनामा टियागो कार जितेका हुन्।

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाका तर्फबाट उनकी आमा नरमाया तामाङलाई शुक्रबार टियागो कार हस्तान्तरण गरेका छन्।

गत कात्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनी ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनी ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राही लक्की ड्रमा समावेश थिए।

यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीले आईफोन १६ इ प्राप्त गरिसकेका छन्।

अध्यक्ष ढकालले विदेशमा परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको बताए।

The post आइएमईको उपहार योजनामा बद्री बने विजेता, एस मनी ट्रान्सफरबाट पैसा पठाउँदा पाए टियागो इभी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category