npl.977 Nepal News Stream

Himal Press logo Himal Press

घरमै अचेत भेटिएका निर्वाचन प्रहरीको निधन

Kiran Poudel 3 hours ago

काठमाडौँ- बैतडीमा एकजना निर्वाचन प्रहरीको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका ४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहका अनुसार शुक्रबार दिउँसो खाना खान घर गएको समयमा वेड घरमै अचेत अवस्थामा फेला परेका थिए। सदरमुकाम नजिकै घर भएका वड निर्वाचन ड्युटी सकेर खाना खान घर गएका थिए।

अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ। शनिबार पोष्टमार्टम गरिने प्रहरीको भनाइ छ।

Read more news from Himal Press

Explore by Source or Category