npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

Prakash Timalsina 1 day ago

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो ।

त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो गोल हो ।

दोस्रो हाफमा आर्सनलले खेलमा राम्रो नियन्त्रण राख्यो। लिआन्ड्रो ट्रोसार्ड र मार्टिन जुबिमेन्डीको प्रहार पोस्टमा लाग्दा बुकायो साकाको एक प्रहार गोल लाइनमै रोकियो। अर्कोतर्फ एभर्टनले पेनाल्टी पाउनुपर्ने दाबी गरे पनि रेफ्रीले निर्णय बदलेनन्।

एक गोलको अग्रता जोगाउँदै आर्सनलले जित निकाल्यो र क्रिसमससम्म लिगको शीर्ष स्थानमा रहन सफल भयो। एभर्टन १०औँ स्थानमा सीमित छ।

The post आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category