npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली

नेपाल न्युज 1 day ago

झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा  नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ।

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो।

यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो।

चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category