npl.977 Nepal News Stream

RONB post logo RONB post

सुर्खेतमा रास्वपाले चुनावी सभा गर्दै, वाचापत्र सार्वजनिक गरिने

RONB Post 1 day ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज वाचापत्र सार्वजनिक गर्ने भएको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले आज सुर्खेतमा हुने परिवर्तन उद्घोषबाट वाचापत्र सार्वजनिक गर्न लागेको हो । वाचापत्रलाई जनतासँगको प्रतिज्ञाको करारपत्र भनेका छ ।

घण्टाघर चोक सुर्खेतमा मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई सभापति रवि लामिछाने,वरिष्ठ नेता बालेन्द्र शाह,उपसभापतिहरू डीपी अर्याल र डा.स्वर्णिम वाग्ले लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ

पार्टीले यसअघि बुधबार धनगढीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो ।

The post सुर्खेतमा रास्वपाले चुनावी सभा गर्दै, वाचापत्र सार्वजनिक गरिने appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category