npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

एथ्लेटिक क्लबद्वारा इल्चे पराजित

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएकाे खेलमा एथलेटिक क्लबले इल्चेमाथि २-१ को रोमाञ्चक जित दर्ता गरेको छ। दुवै टोलीका लागि सबै गोल पेनाल्टीमार्फत भएको यस खेलमा गोर्का गुरुजेटा नायक सावित भए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै नाटकीय रह्यो। खेलको ६४औँ मिनेटमा एथलेटिक क्लबले पेनाल्टीको अवसर पायो, जसलाई गोर्का गुरुजेटाले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै टोलीलाई १-० को अग्रता दिलाए।

तर, एथलेटिकको यो खुसी धेरै बेर टिक्न सकेन। खेलको ६९औँ मिनेटमा इल्चेले पनि पेनाल्टी पायो र आन्द्रे सिल्भाले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

खेल बराबरीको दिशामा अघि बढिरहँदा ८९औँ मिनेटमा एथलेटिक क्लबले पुनः पेनाल्टी प्राप्त गर्‍यो। गुरुजेटाले उक्त दबाबपूर्ण समयमा दोस्रो गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

Read more news from Kendrabindu

Explore by Source or Category