npl.977 Nepal News Stream

Himal Press logo Himal Press

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

Keshav Rana Chhetri 14 hours ago

काठमाडौँ- नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रूपमा चिनिन्छन्।

उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

Read more news from Himal Press

Explore by Source or Category