गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् ।
दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।
चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ।
यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ।
भारत हालको साविक विजेता टोली हो। सन् २०२४ संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले उपाधि जितेको थियो।
टि ट्वान्टी विश्वकप २०२६ का लागि भारतको टोली
सूर्यकुमार यादव (कप्तान)
अभिषेक शर्मा
सञ्जु स्यामसन (विकेटकिपर)
तिलक वर्मा
हार्दिक पाण्ड्या
शिवम दुबे
अक्षर पटेल (उपकप्तान)
रिंकु सिंह
जसप्रीत बुमराह
हर्षित राणा
अर्शदीप सिंह
कुलदीप यादव
वरुण चक्रवर्ती
वासिङ्टन सुन्दर
इशान किशन (विकेटकिपर)
The post गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन् first appeared on हाम्रो खेलकुद.