npl.977 Nepal News Stream

RONB post logo RONB post

कुन दलको चुनावी घोषणा पत्र कस्तो ? (पूर्णपाठ सहित)

RONB Post 17 hours ago


काठमाडौं । फागुन २१ को निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले आ-आाफ्ना घोषणा पत्रहरु सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरेका अधिकांश दलले घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवाको मुद्दालाई मुख्य प्राथमिकतामा राखेका छन् ।

कांग्रेसको प्रतिज्ञा पत्रमा के छ ? (पूर्णपाठ)

जनकपुरमा आयोजित कार्यक्रमबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ बुँदे भिजन समेत सार्वजनिक गरेको छ । जसमा कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने गरेको छ।

यस्तो छ एमालेको चुनावी घोषणापत्र

नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेकपाको घोषणा पत्रको पूर्णपाठ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख दलमध्ये सबैभन्दा पहिला चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गरेको पत्रमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ मुख्य नारा अघि सारिएको छ ।

यस्तो छ रास्वपाको चुनावी वाचापत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन्।

यस्तो छ उज्यालो नेपालको चुनावी घोषणा पत्र

उज्यालो नेपाल पार्टीले संघीय संसद र प्रदेशसभाका सांसदहरुको संख्या घटाउनेसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । उज्यालो नेपाल पार्टीको घोषणा पत्रमा नागरिकले समयमै सार्वजनिक सेवा पाउने, भ्रष्टाचारविरूद्ध उजुरी दिने र जवाफदेहिता खोज्ने हक संविधानमा मौलिक हकको रुपमा स्थापित गरिने उल्लेख छ ।

जसपाको चुनावी घोषणापत्र (पूर्ण पाठसहित)
जनता समाजवादी पार्टी (जसपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । जसपा नेपालले संविधान संशोधनका लागि उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्ने मुद्दालाई दोहोर्‍याएको छ ।

जसपाले सामाजिक क्षेत्रअन्तर्गत शिक्षामा शिक्षाको व्यापारीकरणलाई नियन्त्रण गर्ने उल्लेख गरेको छ । साथै, गाउँ र शहर तथा धनी र गरिबबीच बढेको शैक्षिक विभेद कम गर्न प्रविधिमैत्री शिक्षादेखि सिपमूलक शिक्षामा जोड दिने उल्लेख गरेको छ ।

The post कुन दलको चुनावी घोषणा पत्र कस्तो ? (पूर्णपाठ सहित) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category