npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

बिहानैदेखि गगन थापा मतदाताको घरदैलोमा, माहोल सुदृढ बन्दै

अनलाइन टीभी नेपाल 3 hours ago

काठमाडौं – कांग्रेस सभापति एवं सर्लाही ४ का उम्मेदवार गगन थापा शुक्रबार बिहानैदेखि मतदाताको घरदैलोमा पुगेका छन् । सर्लाही ४ को निर्वाचन प्रचार प्रसार समितिले शुक्रबार बिहानैदेखि विभिन्न स्थानमा उम्मेदवार थापा सहभागी बन्ने कार्यतालिका प्रकाशन गरेपछि उनी काठमाडौंबाट बिहीबार मध्यरात जनकपुर पुगेका थिए ।

हिजो बिहान जनकपुरबाट काठमाडौं आएका उनी राति नै त्यता गएका हुन् । हिजो दिउँसो राजधानीमा पार्टीको घोषणापत्र जारी गरेर उनी राति बुद्ध एअरको उडानबाट प्रस्थान गरेका थिए । अस्ति जनकपुरमा विशाल आमसभा गरेर बिहीबार बिहान काठमाडौं फर्किए । काठमाडौंमा केही महत्वपूर्ण कार्यक्रम सकेर उनी राति नै मधेश प्रदेश पुगका छन् ।

थापाको पक्षमा अहिले सर्लाही ४ मा माहोल सुदृढ बन्दै गएको छ । कांग्रेस एकढिक्का भएर प्रचारप्रसारमा लागेकाले उनले भारी मतान्तरले चुनाव जित्ने अनुमान गरिएको छ । कांग्रेस मात्रै नभएर विपक्षी दल र तिनका समर्थक पनि अहिले गगन थापा जिताऔं अभियानमा लागेका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category