npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

न्युक्यासल र चेल्सीको बराबरी

Prakash Timalsina 1 day ago

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ।

सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो।

तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। दोस्रो हाफमा मालिक थियावको गल्तीको फाइदा उठाउँदै जोआओ पेड्रोले ६६औँ मिनेटमा बराबरी गोल गरे।

खेलको दोस्रो हाफ रोमाञ्चक रह्यो। न्युक्यासलका हार्भी बार्न्सले जित दिलाउन सक्ने राम्रो अवसर गुमाए।
यो बराबरीपछि न्युक्यासल २३ अंकसहित तालिकामा एक स्थान माथि उक्लँदै ११औँ स्थानमा पुगेको छ। २९ अंकका साथ चेल्सी चौथो स्थानमा छ।

The post न्युक्यासल र चेल्सीको बराबरी first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category