npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

टी-२० विश्वकपको ‘सुपर ८’ ढाँचालाई लिएर किन हुँदैछ आईसीसीको आलोचना ?

इन्द्र कमल रोक्का 11 hours ago

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) हाल जारी टी-२० विश्वकपको ‘सुपर ८’ चरणको ढाँचालाई लिएर तीव्र आलोचनाको घेरामा परेको छ। शनिबारदेखि सुरु हुने यो चरणमा अपनाइएको ‘प्रि-सिडिङ’ प्रणालीले प्रतियोगितामा असन्तुलन पैदा गरेको भन्दै असन्तुष्टि बढेको हाे ।

आईसीसीको वर्तमान संरचनाले उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नै मारमा पारेको आलाेचकहरुकाे आराेप छ । समूह चरणका चारवटै विजेताहरू भारत, जिम्बावे, वेस्ट इन्डिज र दक्षिण अफ्रिकालाई एउटै समूह (सुपर ८ को समूह १) मा राखिएको छ।

यसको विपरित, अर्को समूहमा भने सबै उप-विजेताहरू पाकिस्तान, श्रीलंका, इङ्गल्याण्ड र न्युजिल्याण्ड परेका छन्। यो संरचनाले गर्दा पहिलो चरणमा उत्कृष्ट खेल पस्किएका दुई टोली सेमिफाइनल पुग्नै नपाई बाहिरिने निश्चित छ भने उप-विजेताहरूको समूहबाट दुई टोली सजिलै अन्तिम चारमा पुग्नेछन्। यी सबै टोलीले समूह चरणमा कम्तिमा एक खेल हारेका छन् र पूर्ण क्षमतामा खेल्न संघर्ष गरिरहेका छन्।

दक्षिण अफ्रिका जस्तो आफ्नो समूहमा शीर्ष स्थानमा रहेर पनि प्रि-सिडिङका कारण उप-विजेता बनेको न्युजिल्याण्डभन्दा तल्लो वरियतामा पर्नुलाई अनौठो मानिएको छ।यता सह-आयोजक श्रीलंका यदि सेमिफाइनलमा पुगेमा उसले कोलम्बोमा खेल्न पाउने छैन। पूर्व-निर्धारित तालिका अनुसार उसले भारतमा गएर खेल्नुपर्ने बाध्यता छ।

यद्यपि, आईसीसीले भने यस ढाँचाको बचाउ गर्दै यो सबै व्यवस्थापकीय आवश्यकताका कारण गरिएको जनाएको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको प्रतियोगितामा टोलीहरूको यात्रा, प्रसारण समय र दर्शकहरूको टिकट बुकिङलाई सहज बनाउन पहिले नै स्लटहरू तय गरिएको आईसीसीको भनाइ छ।

‘सुपर ८’का कुन खेल कहिले हुँदैछन् ?

पाकिस्तान vs न्यूजिल्यान्ड, आईतबार ७ः१५ बजे

श्रीलंका vs इंग्ल्यान्ड, आइतबार ३ः१५ बजे

भारत vs दक्षिण अफ्रिका, आइतबार ७ः१५ बजे

जिम्बाब्वे vs वेस्ट इन्डिज, सोमबार ७ः१५ बजे

इंग्ल्यान्ड vs पाकिस्तान, मंगलबार ७ः१५ बजे

श्रीलंका vs न्यूजिल्यान्ड, फेब्रुअरी २५ (बुधबार) ७ः१५ बजे

वेस्ट इन्डिज vs दक्षिण अफ्रिका, फेब्रुअरी २६ (बिहीबार) ३ः१५ बजे

भारत vs जिम्बाब्वे, फेब्रुअरी २६ (बिहीबार) ७ः१५ बजे

इंग्ल्यान्ड vs न्यूजिल्यान्ड, फेब्रुअरी २७ (शुक्रबार) ७ः१५ बजे

श्रीलंका vs पाकिस्तान, फेब्रुअरी २८ (शनिबार) ७ः१५ बजे

जिम्बाबे vs दक्षिण अफ्रिका, मार्च १ (आइतबार) ३ः१५ बजे

भारत vs वेस्ट इन्डिज, मार्च १ (आइतबार) ७ः१५ बजे

Read more news from Kendrabindu

Explore by Source or Category