विश्व कपमा दीपेन्द्रको लगातार दोस्रो अर्धशतक
सुबास हुमागाईं/ प्रकाश तिमल्सिना, मुम्बई
दीपेन्द्र सिंह ऐरी आइसिसी टि ट्वान्टी विश्वकपमा लगातार दोस्रो अर्धशतक पूरा गर्ने गरेका छन्।
विश्व कपको एकै संस्करणमा लगातार दोस्रो अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी बनेका छन्।
मुम्बईको वाङखडे स्टेडियममा दीपेन्द्रले आज स्कटल्याण्ड विरुद्ध अर्धशतक पूरा गरेका हुन्। २३ बलमा ४ चौका २ छक्कासहित उनले ५० रन पूरा गरेका हुन् । उनले एक रन लिँदै अर्धशतक पूरा गरे।
यसअघि वेस्ट इन्डिज विरुद्धको खेलमा दीपेन्द्रले अर्धशतक बनाएका थिए। उनले त्यो खेलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक (५० रन) पूरा गरेका हुन्। ४४ बलमा उनले ३ चौका र २ छक्कासहित दीपेन्द्रले अर्धशतक पूरा गरेका थिए।
यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा तत्कालिन ओपनर सुवास खकुरेलले अर्धशतक बनाएका थिए। त्यसयता कुनै पनि ब्याटरले बनाएको यो पहिलो अर्धशतक हो । विश्व कपमा नेपालले खेलेको ९ खेल मध्ये दोस्रो, नवौं र दशौं खेलमा अर्धशतक बनेको हो।
जारी विश्वकपको इङ्ल्यान्डविरुद्धको पहिलो खेलमा दीपेन्द्रले टोलीका लागि सर्वाधिक ४४ रन बनाएका थिए। त्यससँगै दीपेन्द्रले टि ट्वान्टीमा २ हजार रन पूरा गरेका थिए। इटाली विरुद्धको खेलमा उनले १७ रन बनाएका थिए।
The post विश्व कपमा दीपेन्द्रको लगातार दोस्रो अर्धशतक first appeared on हाम्रो खेलकुद.