npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

काठमाडौंमा अनुमति लिएर पनि सञ्चालनमा नआएका १०७ विद्यालयलाई महानगरको अल्टिमेटम

पालिका ब्यूरो 5 hours ago

काठमाडौं – काठमाडौं महानगरपालिकाले अनुमति लिएर भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरको शिक्षा विभागले सोमबार सूचना जारी गर्दै नाममात्रका १०७ विद्यालयलाई १५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ ।

शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार, विगतमा अनुमति पाएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नदेखिएका विद्यालयहरूको अनुगमन गरी प्रतिवेदन तयार पारिएको थियो । विभागको अनुगमनका क्रममा कतिपय विद्यालय तोकिएको स्थानमा सञ्चालनमा नभएको पाइएको छ ।

सूचनामा भनिएको छ कि सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले प्रकाशन मितिले १५ दिनभित्र शिक्षा विभागसँग सम्पर्क गरी विद्यालय सञ्चालनमा रहेको पुष्टि गर्नुपर्नेछ ।

सम्पर्कमा नआए वा सञ्चालन प्रमाण पेश गर्न नसकेका विद्यालयहरूको अनुमति स्थायी रूपमा रद्द गरी नगर कार्यपालिकामा सिफारिस गरिने जनाइएको छ ।

 

May be an image of text

Read more news from PalikaNews

Explore by Source or Category