npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नेपाललाई ‘नो म्याड’ गन्तव्य बनाउने कांग्रेसको लक्ष्य, डिजिटल अर्थतन्त्र र सार्वभौम क्लाउड निर्माणमा जोड

Sahayog Ranjit 15 hours ago

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा समावेशी, सुरक्षित र डिजिटल नेपालको परिकल्पना अघि सारेको छ। डिजिटल अर्थतन्त्रबाट स्वदेशी लगानी र रोजगारी बढाउने कांग्रेसको जोड छ।

कांग्रेसले डिजिटल नेपालको लक्ष्यलाई व्यवहारमा उतार्दै पूर्वाधार विस्तार, द्रुत इन्टरनेट, ग्रामीण ब्रोडब्यान्ड, डिजिटल साक्षरता र समावेशी सेवालाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ।

घोषणापत्रमा कांग्रेसले सबैका लागि संचार सबैका लागि अवसरलाई साकार पार्न कार्यक्रमहरु पेस गरेको छ। उसले दुरसंचार सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने, संचार माध्यमको संस्थागत सुदृढीकरण गर्ने, संचारकर्मीका लागि मर्यादित काम, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य गर्ने भनेको छ। त्यस्तै, हुलाक सेवालाई डिजिटल युगसँग जोड्ने प्रतिबद्धता पनि गरिएको छ।

नेपाललाई डिजिटल हबका रुपमा रुपान्तरण गर्ने लक्ष्य कांग्रेसको छ। सूचना प्रविधि उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको सबल आधार स्तम्भ बनाउने र नेपाली आइटी कम्पनीहरुलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन ‘फ्रम नेपाल टु दी वर्ल्ड’ अभियान संचालन पनि गर्ने भनिएको छ।

डिजिटल पूर्वाधारहरुलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर नेपाललाई ‘नो म्याड’ गन्तव्यको रुपमा विकास गर्ने र त्यसका लागि सबै नीतिगत संरचनाहरु निर्माण गरेर शुल्क मुक्त प्रवेशाज्ञा उपलब्ध गराउने पनि उल्लेख छ।

शासन प्रणालीमा पनि डिजिटलाइजेसनमा कांग्रेसको जोड छ। प्रविधिमैत्री सरकारी सेवा, डेटा सुरक्षा, सार्वभौम क्लाउड पूर्वाधार निर्माणलाई पनि कांग्रेसले एजेन्डा बनाएको छ।

The post नेपाललाई ‘नो म्याड’ गन्तव्य बनाउने कांग्रेसको लक्ष्य, डिजिटल अर्थतन्त्र र सार्वभौम क्लाउड निर्माणमा जोड appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category