npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नारायणी सामुदायिक अस्पतालले आइपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

Basudev Timalsina 18 hours ago

काठमाडौं। एनपीआई नारायणी सामुदायिक अस्पतालले आइपीओ जारी गर्ने भएको छ।

अस्पतालले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो।

४०० शय्या क्षमताको अस्पताललाई सेवा विस्तार गर्न थप पुँजी आवश्यक हुने देखेर आइपीओ निश्कासन गर्ने निर्णय गरेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताए।

२०६३ मा स्थापना भएको अस्पतालले हाल वार्षिक १.१५ अर्बको कारोबार गर्ने गरेको छ। अस्पतालमा ४०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

कम्पनीले सेयर निश्कासन कार्यका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा अस्पताल र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता भएको छ। अस्पतालका सञ्चालक खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

The post नारायणी सामुदायिक अस्पतालले आइपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category