npl.977 Nepal News Stream

Himal Press logo Himal Press

अभिनेत्री नीति शाहले गरिन् विवाह

Susmita Bajagain 8 hours ago

काठमाडौँ- अभिनेत्री नीति शाहले विवाह गरेकी छन्। उनले इन्जिनियर याञ्चित राणासँग विवाह गरेकी हुन्।

झम्सिखेलस्थित न्यु प्लाजामा शुक्रबार आज उनीहरूको वैवाहिक समारोह चलिरहेको छ। यसपटक उनीहरूले परम्परागत विधिअनुसार विवाह गरेका हुन्।

यसअघि गत वैशाखमा उनीहरूले काठमाडौँ जिल्ला अदालतमा कानुनी विवाह गरेका थिए।

उनीहरूले प्रेम विवाह गरेका हुन्। नीति र राणा करिब दुई वर्षदेखि समयदेखि प्रेममा थिए। इन्जिनियर याञ्चित राणासँग उनले पेसाले राणा एरोस्पेस इन्जिनियर हुन्।

नीति ‘मिस नेपाल इन्टरनेसनल २०१७’ की विजेता हुन्। उनले ‘खजुरे ब्रो’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी थिइन्। त्यसयता ‘ज्वाइँ साब’ र ‘नरसिंहा अवतार’ दुई फिल्ममा काम गरिसकेकी छन्। उनी म्युजिक भिडियोतिर पनि व्यस्त छिन्।

Read more news from Himal Press

Explore by Source or Category