RONB post
बालेनले भने- ‘कर्णालीको गहिराइ कसैले बुझेन,गरिबी बुझ्ने पार्टी बन्न चाहन्छौँ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेद्र शाहले आजसम्म कुनै पनि नेताले कर्णालीको गहिराई बुझ्न नसकेको बताएका छन् ।
बिहीबार कर्णालीको सुर्खेतमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक समारोहमा बोल्दै बालेनले यस्तो बताएका हुन् । ‘शिव भगवानको पाउमा आएर बाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ,’ उनले भने ।
‘देशको सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा र विशाल गाउँपालिकाहरू भएको कर्णालीको गहिराइ आजसम्म कसैले सही रूपमा बुझ्न सकेन,’ शाहले भने, ‘त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो ।’
उनले डोल्पामा पाइने बहुमूल्य यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने तर कर्णालीका स्याउजस्ता कृषि उत्पादन देशभर सहजै नपुग्नु बिडम्बना भएको टिप्पणी गरे । कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउने नीति लिइने उनले दाबी गरे ।
The post बालेनले भने- ‘कर्णालीको गहिराइ कसैले बुझेन,गरिबी बुझ्ने पार्टी बन्न चाहन्छौँ’ appeared first on RONB post.