npl.977 Nepal News Stream

RONB post logo RONB post

चुनाव प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

RONB Post 4 hours ago

काठमाडौं । सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।

बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधि सहभागी थिए ।

त्यस्तै, बैठकमा निर्वाचनका गतिविधि र तयारीबारे पनि थप छलफल भएको छ ।

The post चुनाव प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category