npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

गुल्मीको हर्पुकोटमा आगलागी,एक घर जलेर नष्ट

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका–१ हर्पुकोटमा आगालागी हुँदा एक घर जलेर नष्ट भएको छ।

आज बिहान ३ः४५ बजे लेखबहादुर बोहराको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको थियो । आगालागी भएको थाहा हुँनासाथ
प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा ४ जना प्रहरी टोली र सशस्त्र प्रहरी बल गुल्म गुल्मीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कुशल कक्षपतिको कमाण्डमा ९ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए ।

स्थानीयवासी र रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा बिहान ५ः१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति भने नभएको छ । तर, घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category