npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

हकप्रद शेयर निष्काशनका लागि यूनाइटेड अजोड इन्स्योरेन्सको बुक क्लोज मिति तय

नानु खड्का (निर्जला) 9 hours ago

काठमाडौं । हकपद शेयर निष्काशनका लागि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १००ः१० को अनुपातमा रु १०० अंकित मूल्यका कुल २३,१०,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ।

जसका लागि कम्पनीले फागुन १७ गते एक दिनका लागि शेयर दाखिल खारेज बन्द गर्ने भएको छ । त्यसकारण शेयर दाखिल खारेज बन्द भएको फागुन १७ गते भन्दा अघिल्लो दिनसम्म अर्थात फागुन १५ गते सम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई शेयर खरिद गर्ने शेयरधनीहरूले मात्र यस हकप्रद शेयरका लागि दरखास्त दिन सक्नेछन् ।

Read more news from Insurance Khabar

Explore by Source or Category