npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

घरदैलोमै महानगरको स्वास्थ्य सेवा : ११ जना ज्येष्ठ नागरिकलाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था

पालिका ब्यूरो 3 days ago

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ४५२ जनामध्ये ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था भेटिएको छ । महानगरपालिकाका अनुसार गत माघ १८ गतेदेखि सुरु गरिएको सर्वेक्षणका क्रममा यस्तो तथ्य सार्वजनिक भएको हो ।

महानगरपालिकाले जानकारी गराएअनुसार सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकमध्ये २०८ जनालाई नियमित निगरानीको आवश्यकता देखिएको छ । कार्यक्रमका ‘फोकल पर्सन’ तथा अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले सर्वेक्षणबाट ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको विस्तृत मूल्याङ्कन भइरहेको बताईन् ।

सर्वेक्षण ८४ प्रश्नावलीका आधारमा सञ्चालन भइरहेको छ । यस क्रममा ८२ जना ज्येष्ठ नागरिक कमजोर आर्थिक अवस्थाका कारण औषधोपचार गर्न कठिन अवस्थामा रहेको पाइएको छ । साथै १९२ जना ज्येष्ठ नागरिक बीमा नगरिएका भेटिएका छन् ।

श्रेष्ठका अनुसार सर्वेक्षणमा सहभागी ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो र रातो ‘जोन’मा वर्गीकरण गरिएको छ । हरियो जोन सुरक्षित अवस्था मानिन्छ, जहाँ रहेका ज्येष्ठ नागरिकलाई धेरै निगरानी आवश्यक पर्दैन । पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । तत्काल अस्पताल पठाउनुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई नजिकको स्वास्थ्य संस्थामा ‘रेफर’ गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए ,।

तथ्याङ्कअनुसार सर्वेक्षणमा समेटिएका ४५२ ज्येष्ठ नागरिकमध्ये ३०२ महिला र १५० पुरुष रहेका छन् । तीमध्ये ४२३ जना परिवारसँगै बसोबास गरिरहेका छन् ।

सर्वेक्षणका क्रममा शारीरिक तथा मानसिक स्वास्थ्य, पारिवारिक र सामाजिक अवस्था, नियमित प्रयोग गर्ने औषधि, औषधि सेवन गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तनलगायतका विषयमा अध्ययन भइरहेको छ ।

महानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । ७० वर्षमाथिका, स्वास्थ्य संस्थामा गएर उपचार गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन तथ्य सङ्कलन तथा स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो ।

महानगरपालिकाले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राख्दै घरमै सेवा दिने लक्ष्यसहित उपचार तथा सर्वेक्षण कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।घरदैलोमै महानगरको स्वास्थ्य सेवा ः ४५२ ज्येष्ठ नागरिकमध्ये ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ४५२ जनामध्ये ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था भेटिएको छ । महानगरपालिकाका अनुसार गत माघ १८ गतेदेखि सुरु गरिएको सर्वेक्षणका क्रममा यस्तो तथ्य सार्वजनिक भएको हो ।

महानगरपालिकाले जानकारी गराएअनुसार सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकमध्ये २०८ जनालाई नियमित निगरानीको आवश्यकता देखिएको छ । कार्यक्रमका ‘फोकल पर्सन’ तथा अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले सर्वेक्षणबाट ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको विस्तृत मूल्याङ्कन भइरहेको बताईन् ।

सर्वेक्षण ८४ प्रश्नावलीका आधारमा सञ्चालन भइरहेको छ । यस क्रममा ८२ जना ज्येष्ठ नागरिक कमजोर आर्थिक अवस्थाका कारण औषधोपचार गर्न कठिन अवस्थामा रहेको पाइएको छ । साथै १९२ जना ज्येष्ठ नागरिक बीमा नगरिएका भेटिएका छन् ।

श्रेष्ठका अनुसार सर्वेक्षणमा सहभागी ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो र रातो ‘जोन’मा वर्गीकरण गरिएको छ । हरियो जोन सुरक्षित अवस्था मानिन्छ, जहाँ रहेका ज्येष्ठ नागरिकलाई धेरै निगरानी आवश्यक पर्दैन । पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । तत्काल अस्पताल पठाउनुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई नजिकको स्वास्थ्य संस्थामा ‘रेफर’ गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए ,।

तथ्याङ्कअनुसार सर्वेक्षणमा समेटिएका ४५२ ज्येष्ठ नागरिकमध्ये ३०२ महिला र १५० पुरुष रहेका छन् । तीमध्ये ४२३ जना परिवारसँगै बसोबास गरिरहेका छन् ।

सर्वेक्षणका क्रममा शारीरिक तथा मानसिक स्वास्थ्य, पारिवारिक र सामाजिक अवस्था, नियमित प्रयोग गर्ने औषधि, औषधि सेवन गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तनलगायतका विषयमा अध्ययन भइरहेको छ ।

महानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । ७० वर्षमाथिका, स्वास्थ्य संस्थामा गएर उपचार गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन तथ्य सङ्कलन तथा स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो ।

महानगरपालिकाले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राख्दै घरमै सेवा दिने लक्ष्यसहित उपचार तथा सर्वेक्षण कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category