npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सवारीसाधन ७१ अर्बको आयात, चार पाङ्ग्रे इभी ७ हजार युनिट, इन्धन बाइक १८.२२ अर्बको

Shukra Giri 5 hours ago

काठमाडौं। चालु आर्थिक वर्ष साउनदेखि माघसम्म ७० अर्ब ८३ करोड रुपैयाँ बराबरका सवारीसाधन आयात गरिएका छन्।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको सात महिनामा २ लाख २१ हजार युनिट सवारीसाधन आयात गरिएका हुन्।

जसमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, अटो रिक्सा, प्यासेन्जर, बस, कमर्सियल, हेभी इक्वीपमेन्ट लगायत छन्। यस अवधिमा सवारीसाधन आयातबाट मात्रै सरकारले ५६ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

चार पाङ्ग्रे विद्युतीय कमर्सियल तथा प्यासेन्जर सवारीसाधन १६ अर्ब ८० करोड रुपैयाँ बराबरको ६ हजार ९२२ युनिट आयात गरिएका छन्। यसबाट सरकारले ९ अर्ब २१ करोड ८६ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ। माघमा मात्रै १ हजार ६७ युनिट चार पाङ्ग्रे इभी आयात गरिएको हो।

यस्तै पेट्रोल दुई पाङ्ग्रे सवारी ७ महिनामा १८ अर्ब २२ करोड ८६ लाख रुपैयाँ बराबरका १ लाख ४२ हजार ७२४ युनिट आयात भएका छन्। यस्तै ५८ करोड ५९ लाख रुपैयाँ बराबरका २ हजार ७३७ युनिट अटो रिक्सा आयात गरिएको छ।

यसैगरी, इन्धन चार पाङ्ग्रे कमर्सियल, बस, प्यासेन्जर सवारीसाधन १५ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ बराबरका १७ हजार ४५७ युनिट आयात भएका छन्। सात महिनामा २ अर्ब ८६ करोड रुपैयाँ बराबरका २० हजार ६१० युनिट ट्याक्टर आयात गरिएको छ।

The post सवारीसाधन ७१ अर्बको आयात, चार पाङ्ग्रे इभी ७ हजार युनिट, इन्धन बाइक १८.२२ अर्बको appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category