npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

आज दुई संसदीय समितिका बैठक बस्दै

इन्द्र कमल रोक्का 7 hours ago

काठमाडौँ । संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएका हुन ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ ।

त्यस्तै दिउँसो साढे २ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा छलफल हुनेछ।

Read more news from Kendrabindu

Explore by Source or Category