npl.977 Nepal News Stream

RONB post logo RONB post

दृष्टिविहीन क्रिकेट उपविजेतालाई महानगरले नगदसहित सम्मान गर्ने

RONB Post 2 days ago

काठमाडौं । काठमाडौं महानगरपालिकाले दृष्टिविहिन महिला विश्वकप क्रिकेटमा उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ तथा टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ४४ औँ कार्यपालिका बैठकले नगर सभाको उक्त निर्णय गरेको हो ।

बैठकबाट निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरुलाई निकासा दिने, विद्यालय र हातको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयहरुलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठयक्रम स्वीकृत तथा पाठयपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म भेरिएसन भएका विभिन्न पूर्वाधार योजनाहरुको अनुमोदन गर्ने लगायत निर्णय भएका छन् ।

The post दृष्टिविहीन क्रिकेट उपविजेतालाई महानगरले नगदसहित सम्मान गर्ने appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category