npl.977 Nepal News Stream

RONB post logo RONB post

ट्राफिक नियम उल्लंघन गरेपछि सभामुखको गाडीलाई सिंहदरबारमै चिट

RONB Post 1 day ago

काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई सिंहदरबारमै पुगेर ट्राफिक प्रहरीले चिट काटेको हो । कानुनभन्दा माथि कोही नहुने सन्देश दिँदै प्रहरीले सुरक्षामा रहेका अन्य गाडीलाई पनि कारबाही गरेको हो ।

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । उनी सवार भए/नभएकोबारेमा भने प्रहरीले केही बताएको छैन् ।

The post ट्राफिक नियम उल्लंघन गरेपछि सभामुखको गाडीलाई सिंहदरबारमै चिट appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category