npl.977 Nepal News Stream

Taksar News logo Taksar News

गठबन्धनको दूषित राजनीति गर्दैनौँ, विगतका त्रुटिलाई सच्याउँछौंः सभापति थापा

टक्सार न्युज 12 hours ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्।

प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए ।

“बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ”, उनले भने “हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।”

सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उनको प्रतिज्ञा छ ।

“चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन हुन दिदैनौँ । यो बदलिएको कांग्रेसको सङ्कल्प हो,” सभापति थापाले भने ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाएका छन् ।

Read more news from Taksar News

Explore by Source or Category