npl.977 Nepal News Stream

RONB post logo RONB post

रवि र बालेनबीच भेटवार्ता, असिम साह भन्छन्- कथाको सुखद सुरुवात

RONB Post 6 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ । रविसँग डीपी अर्याल र बालेनसँग कुमार ब्यञ्जनकार सहभागी थिए । भेटपछि उनीहरु एउटै गाडिमा बसेर निस्किका थिए ।

भेटवार्ताको चाँजोपाँजो मिलाएका रास्वपा नेता असिम साहले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

The post रवि र बालेनबीच भेटवार्ता, असिम साह भन्छन्- कथाको सुखद सुरुवात appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category