रिहा भए रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएका छन् । उच्च अदालत बुटवलको बिहीबारको आदेशपछि कागजी प्रक्रिया पूरा गरेर उनी शुक्रबार रिहा भएका हुन् ।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि रिहाइको प्रक्रिया टुङ्गिएको हो । उच्च अदालतले जिल्ला अदालतको यसअघिको आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।
तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई रिहा गर्ने फैसला सुनाएको हो । सोही आदेशको आधारमा उनी शुक्रबार रुपन्देही पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारबाट छुटेका छन् ।