npl.977 Nepal News Stream

Taksar News logo Taksar News

पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने: निर्वाचनमा जानुको विकल्प छैन

टक्सार न्युज 10 hours ago

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् ।

आइतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जेनजी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उनको भनाइ छ । उनले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पारे ।

उनले जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताए । निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी उहाँले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए ।

“यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेन–जी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । हामीले सरकारलाई भनेका छौँ जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन । रास्वपा पनि सँगै छ । तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निःशर्त होइन,”उनले भने ।

उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरू आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

Read more news from Taksar News

Explore by Source or Category