सपोर्ट लघुवित्तको लाभांश घोषणा, लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर दिने
Sunil Kunwar
|
20 hours ago
काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने १ करोड १६ लाख ३२ हजार १२७ रुपैयाँ बराबरको बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ।
लघुवित्तको चुक्ता पुँजी अहिले १२ करोड २४ लाख रुपैयाँ छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको साधारण सभाबाट पारित भएपछि सेयरधीले प्रतिफल पाउनेछन्।
The post सपोर्ट लघुवित्तको लाभांश घोषणा, लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर दिने appeared first on BIZMANDU.