बोलोग्ना इटालियन सुपर कपको फाइनलमा
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ।
साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो।
खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल गर्दै इन्टरलाई अगाडि बढाएका थिए।
३५ औं बोलोग्नाले बराबरी गोल फर्कायो। भिएआर जाँचपछि ह्यान्डबलको निर्णयसँगै पाएको पेनाल्टीमा कप्तान रिक्कार्डो ओर्सोलिनीले सजिलै गोल गरे।
त्यसपछि दुवै टोलीले गोल गर्ने मौका पाए पनि गोल हुन सकेन। इन्टरले दोस्रो हाफमा पेनाल्टीको माग गरे पनि अस्वीकार भयो। खेलको अन्त्यतिर बोलोग्नाका गोलकिपर फेडेरिको राभालियाले उत्कृष्ट प्रदर्शन गरे।
पेनाल्टी सुटआउटमा इन्टरका ३ प्रहार असफल भए। राभालियाले २ पेनाल्टी रोक्दै बोलोन्यालाई जिततर्फ डोर्याए। बोलोग्नाका अन्तिम दुई पेनाल्टी जोनाथन रोउ र सिरो इम्मोबिलेले गोलमा परिणत गरे। बोलोग्नाले सुपर कपको फाइनलमा नापोलीको सामना गर्नेछ।
The post बोलोग्ना इटालियन सुपर कपको फाइनलमा first appeared on हाम्रो खेलकुद.