npl.977 Nepal News Stream

Taksar News logo Taksar News

ब्राउन सुगरसहित दुई जना स्याङ्जाबाट पक्राउ

टक्सार न्युज 6 hours ago

काठमाडाैँ । स्याङ्जामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फागुन ७ गते राति करिब १० बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले भीरकोट नगरपालिका वडा नं. ४ छ्याङ्छाड्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा वालिङतर्फबाट भीरकोटतर्फ आउँदै गरेको ग. २३ प. ४०४२ नम्बरको स्कूटरमा सवार दुईजनाको साथबाट ब्राउन सुगर जस्तो देखिने ३ ग्राम खैरो पदार्थ फेला परेको थियो। पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नं. ८ बस्ने ३६ वर्षीय रोशन परियार र ३४ वर्षीय पुकार लोहनी रहेका छन्।

बरामद पदार्थ र स्कूटरसहित पक्राउ परेका दुबैजनाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि आज स्याङ्जा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरिएको छ। जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा थप अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउने जनाएको छ।

Read more news from Taksar News

Explore by Source or Category