npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

रिलायबल नेपाल लाइफको १२ प्रतिशत नगद लाभांश घोषणा

Sudarshan Shrestha 20 hours ago

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीले घोषणा गरेको १२ प्रतिशत नगद लाभांश नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category