npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

त्रिपुरेश्वरमा खुल्यो ‘उज्यालो घर’, भोलि कुलमान घिसिङले उदघाटन गर्ने

अनलाइन टीभी नेपाल 23 hours ago

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा स्थापना गरिएको छ । बिहीबार केन्द्रीय कार्यालयको मन्त्री कुलमान घिसिङले उद्घाटन गर्ने भएका छन् । पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ ।

उज्यालो नेपाल पार्टीले बुधबार जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्दैछ । यतिबेला मन्त्री घिसिङ पार्टी संगठन विस्तारका लागि जिल्ला दौडाहामा छन् । उनले मन्त्रालयको कामसँगै पार्टी गतिविधि पनि गर्दै आएका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category