RONB post
काठमाडौंको तापक्रम यो वर्षकै कम
RONB Post
|
4 hours ago
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज बिहान ८: ४५ बजेको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन भएको हो ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।
देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम सोमबार –१ र आइतबार –२.३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
The post काठमाडौंको तापक्रम यो वर्षकै कम appeared first on RONB post.