npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

भारतलाई टि ट्वान्टी आई सिरिज

Prakash Timalsina 2 days ago

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो।

पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा तिलक वर्मा (७३) र हार्दिक पाण्ड्या (६३) ले अर्धशतक प्रहार गरे।

अभिषेक शर्मा (३४) र सञ्जु स्यामसन (३७) ले आक्रामक सुरुआत दिलाए भने मध्य ओभरमा तिलकले महत्वपूर्ण रन जोडे।

अन्त्यतिर हार्दिकले भारतका लागि दोस्रो सबैभन्दा छिटो अर्धशतक पूरा गर्दै स्कोरलाई ठूलो बनाएका थिए।

जवाफमा दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डि ककले ६५ रनको आक्रामक अर्धशतक प्रहार गर्दै रीजा हेन्ड्रिक्ससँग पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे। तर अन्य ब्याटरहरूले अपेक्षित साथ दिन नसक्दा दक्षिण अफ्रिका पराजित भयो।

बलिङतर्फ भारतका वरुण चक्रवर्तीले ४ विकेट लिए । जसप्रीत बुमराहले २ विकेट हात पारे। दक्षिण अफ्रिका २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १ रनमै सीमित रह्यो ।

पाँचौँ खेलमा अर्धशतक बनाएका तिलक ५ खेलको सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बने। यो सूचीमा डि कक दोस्रो र हार्दिक तेस्रो स्थानमा रहे। त्यसपछि एडेन मार्कराम र अभिषेक शर्मा छन्।

सिरिजमा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडी

तिलक वर्मा (भारत) – १८७ रन
क्विन्टन डि कक (दक्षिण अफ्रिका) – १५६ रन
हार्दिक पाण्ड्या (भारत) – १४२ रन
एडेन मार्कराम (दक्षिण अफ्रिका) – ११० रन
अभिषेक शर्मा (भारत) – १०३ रन

अन्तिम खेलमा ४ विकेट लिएका सिरिजमा सर्वाधिक विकेट लिने बलर बने। उनले कुल १० विकेट लिए। यसपछि लुंगी एन्गिडी, ओट्निल बार्टम्यान, अर्शदीप सिंह र जसप्रीत बुमराह छन् ।

सिरिजमा सर्वाधिक विकेट लिने शीर्ष ५ बलर

वरुण चक्रवर्ती (भारत) – १० विकेट
लुंगी एन्गिडी (दक्षिण अफ्रिका) – ६ विकेट
ओट्निल बार्टम्यान (दक्षिण अफ्रिका) – ५ विकेट
अर्शदीप सिंह (भारत) – ५ विकेट
जसप्रीत बुमराह (भारत) – ४ विकेट

The post भारतलाई टि ट्वान्टी आई सिरिज first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category