npl.977 Nepal News Stream

Himal Press logo Himal Press

सहरमा आजः कौशीमा ‘प्राइमा फेसिया’, दुई पुस्तक विमोचनसहित हलमा क्राइमदेखि प्रेम र पारिवारिक जनरा सम्मका  ७ फिल्म

Susmita Bajagain 2 hours ago

काठमाडौँ- आज फागुनकोे दोस्रो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

सधैँको साताझैँ यो शनिबार कहाँ के के हुँदैछ त?

नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ लोकार्पण
साहित्यकार नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ आज लोकार्पण हुँदैछ। कार्यक्रम कालिकामार्गस्थित नेपालयमा बिहान ९ बजे सुरु हुनेछ। पुस्तक नेपालय पब्लिकेसनले प्रकाशन गरेको हो।

सुमन शर्माको मुक्तकसंग्रह ‘नयाँ काँचुली’ विमोचन
आज सुमन शर्माको मुक्तकसंग्रह ‘नयाँ काँचुुली’ विमोचन हुँदैछ। अनामनगरस्थित डालो रेस्टुरेन्टमा कार्यक्रम बिहान ११ : ३० बजे सुरु हुनेछ। पुस्तक हातेमालो साहित्य संगमले प्रकाशन गरेको हो। कार्यक्रममा काव्याञ्जलीकाे तेस्राे  शृङ्खला पनि हुनेछ।

कौशी थिएटरमा नाटक ‘प्राइमा फेसिया’
टेकुस्थित कौशी थिएटरमा फागुन ७ देखि नाटक ‘प्राइमा फेसिया’ मञ्चन भइरहेको छ। नाटक अस्ट्रेलियाका नाटककार सुजी मिल्लरले लेखेका हुन्।

दुर्गा कार्कीले अनुवाद गरेको नाटक आकांक्षा कार्कीले निर्देशन गरेका हुन्। नाटकमा नाट्यकर्मी पशुपति राईको एकल अभिनय छ। उनी टेस्सा पात्रको भूमिकामा छिन्।

नाटकमा यौन दुव्र्यवहारको आरोप लागेका पुरूषहरूको वकालत गर्ने टेस्सा स्वं यौन हिंसाबाट पीडित बनेपछिको कथा प्रस्तुत गरिएको छ। नाटक यही फागुन १६ गतेसम्म मञ्चन हुनेछ। समय प्रत्येक दिन साँझ ५ः १५ बजे र शनिबार दिउँसो १ बजे।

हलमा कुन कुन फिल्म
क्राइम १०१
अंग्रेजी फिल्म ‘क्राइम १०१’ फागुन ७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर, क्राइम र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक बार्ट लेटन हुन्। फिल्ममा कलाकार क्रिस हेम्सवर्थ, मार्क रुफालो, बेरी मुख्य भूमिकामा छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको १६ सो छ।

आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘क्राइम १०१’ प्रदर्शन भइरहेको छ।

कुमारी
फिल्म ‘कुमारी’ माघ २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक दिनेश राउत हुन्। प्रेम कथामा आधारित फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। उनीहरूकै प्रेमकथा, पारिवारिक उतारचढाव फिल्ममा देखाइएको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।

रमिताको पिरती
फिल्म ‘रमिताको पिरती’ पनि माघ २३ देखि नै हलमा प्रदर्शनरत छ। यो ब्रेकअपको कथामा बनेको फिल्म हो। फिल्मकी निर्देशक सुदिप्ता हुन्। आना शर्मा मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङलगायत कलाकार छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मल, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ। त्यस्तै बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, फिल्म ‘रमिताको पिरती’ चलिरहेको अन्य हल हुन्।

आ बाट आमा
फिल्म ‘आ बाट आमा’ माघ १६ देखि हलमा प्रदर्शन भइरहेको छ। आमाको कथामा बनेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्। फिल्ममा भारतीय कलाकार प्रदीप रावत, अभिनेत्री विपना थापा र पल शाह मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको २१ सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

ओ रोमियो
बलिउड फिल्म ‘ओ रोमियो’ फागुन १ देखि नेपालमा पनि प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक विशाल भारद्वाज हुन्। शाहिद कपुर मुख्य भूमिकामा रहेको फिल्ममा विक्रान्त मेस्सी, तृप्ति डिमरी, तमन्ना भाटियालगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायरमल, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको २६ सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।

तु या मे
हिन्दी फिल्म ‘तु या मे’ नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म थ्रिलर र रोमान्स जनरामा बनेको छ। बेजोय नाम्बियारले निर्देशन गरेको फिल्ममा आदर्श गौरव र शनाया कपूर मुख्य भूमिकामा छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको दरबार सिनेम्याक्स, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिजमा फिल्म चलिरहेको छ।

वादरिङ हाइट्स
अंग्रेजी फिल्म ‘वादरिङ हाइट्स’ नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र रोमान्स जनरामा बनेको फिल्मका निर्देशक एमेरल्ड फेनेल हुन्। फिल्ममा मार्गोट रोबी, जेकब एलोर्डी, होङ चाय, शाजाद लतिफलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिजमा फिल्म चलिरहेको छ।

Read more news from Himal Press

Explore by Source or Category