बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे।
पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन सकेन।
दोस्रो हाफमा पनि खेलको गति उस्तै रह्यो। ग्लाडबाचले खासै दबाब दिन सकेन भने डर्टमुन्डले अन्तिम समयमा दोस्रो गोल गर्यो। इन्जुरी समयको सातौं मिनेटमा म्याक्सिमिलियन बेयरले गोल गर्दै डर्टमुन्डको २-० को जित पक्का गरे।
१५ खेलमा डर्टमुन्डको ३२ अंक पुगेको छ। एक खेल कम खेलेको शीर्ष स्थानको बायर्न म्युनिखको ३८ अंक छ। ग्लाडबाच १६ अंकसहित ११ औं स्थानमा छ।
The post बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो first appeared on हाम्रो खेलकुद.