npl.977 Nepal News Stream

Himal Press logo Himal Press

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गोरखाका खुदबहादुर थापाको मृत्यु

Ramesh Dawadi 12 hours ago

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा ट्रकको ठक्करबाट बिहीबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३-०१-००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकामा चिकित्सकले बिहीबार साँझ ५:४८ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read more news from Himal Press

Explore by Source or Category