कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आगामी २०८३ सालको कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको छ। बोर्डको निर्णय अनुसार परीक्षा वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गते सम्पन्न हुनेछ।
परीक्षाको पहिलो दिन अर्थात् वैशाख १४ गते अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा साहित्यको परीक्षा सञ्चालन गरिनेछ। त्यसैगरी, वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सामाजिक अध्ययन विषयको परीक्षा हुने तालिका रहेको छ।
यो परीक्षा साधारण, प्राविधिक र परम्परागत तीनवटै धारका नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको हो। यस पटकको परीक्षामा सहभागी हुनका लागि परीक्षार्थीको रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ७९, ८०, ८१ र ८२ हुनुपर्ने प्रावधान बोर्डले राखेको छ।
