npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

रवि बाहिर निस्केपछि सुमना श्रेष्ठलाई छटपटी

अनलाइन टीभी नेपाल 13 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्केपछि रास्वपा पूर्वनेतृ सुमना श्रेष्ठलाई निकै तनाव परेको छ । केही समयअघि उनले रास्वपा छाडेकी थिइन् । सुमनाले त्यसअघि नै रास्वपाको सांसदबाट राजीनामासमेत दिइसकेकी छन् ।

पछिल्लो समय प्रतिनिधिसभा पुनःस्थापना हुने व्यापक चर्चा छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा सुनुवाइ जारी छ । कथंकदाचित वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा चुनाव गराउन नसकेमा संसद् पुनःस्थापना हुने निश्चित छ । त्यसकारण संसद् पुनःस्थापना भएमा सुमनालाई निकै संकट पर्नेछ । रवि नक्खु कारागारमै हुँदा सुमनाले रास्वपा त्यागेकी थिइन् ।

उनले त्यसअघि रवि छुटेका बेला सहमहामन्त्री पदबाट समेत राजीनामा दिएकी थिइन् । अब रवि पूरै जोशका साथ राजनीतिमा सक्रिय हुने भएका छन् । जसकारण सुमनाको चलखेल र सक्रियतामा प्रूर्णविराम लाग्ने धेरैले अनुमान गरेका छन् । रास्वपा त्यागेकी सुमना कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा सामेल हुने चर्चा थियो ।

तर अन्तिम समयमा उनी उज्यालो नेपाल पार्टीम समेत प्रवेश गरिनन् । अहिले उनी बालेन र कुलमानलाई मिलाएर उज्यालो नेपाल पार्टीलाई देशभर विस्तार गर्ने अभियानमा जुटेकी छन् । तर रवि भने बालेन र कुलमानलाई नै रास्वपासँग मिलाउन लागिपरेकाले सुमनालाई नैतिक संकट आइलागेको हो ।

Read more news from Online Tv Nepal

Explore by Source or Category