npl.977 Nepal News Stream

RONB post logo RONB post

शिक्षा मन्त्रीले भने -‘विदेशमा बस्ने नेपालीले भोट दिन पाउने छाँट छैन’

RONB Post 13 hours ago

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने कुनै छाँट नरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले हालको कानुनी, संरचनागत र व्यावहारिक अवस्थाले विदेशस्थित नेपालीलाई मतदानको अधिकार दिन सक्ने छाँट नदेखिएको स्पष्ट पारे ।

उनले यस विषयमा विभिन्न तहमा छलफल भए पनि तत्काल कार्यान्वयन सम्भव हुने खालको कुनै ठोस तयारी नभएको उल्लेख गरे । “विदेशमा रहेका नेपालीलाई भोट दिन दिने विषय उठ्ने गरेको छ, तर अहिलेको अवस्थामा त्यसको सम्भावना देखिँदैन,” मन्त्री पुनको भनाइ थियो ।
निर्वाचनको मिति फागुन २१ आउन साढे दुई महिना पनि बाँकी नरहेको अवस्थामा विदेशमा बस्ने नेपालीलाई मताधिकार दिनका लागि आवश्यक पर्ने तयारीबारे छलफल भएको थियो ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जेन-जी आन्दोलनका अगुवाहरू, सुरक्षा निकायका प्रमुखसहितको बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, कानुनमन्त्री अनिल सिन्हा, सञ्चारमन्त्री जगदीश खरेललगायतको सहभागिता थियो

The post शिक्षा मन्त्रीले भने -‘विदेशमा बस्ने नेपालीले भोट दिन पाउने छाँट छैन’ appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category