npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

जयराम गौतम 16 hours ago

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेका छन्।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित र खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४० करोड ७६ लाख ९२ हजार ३०४.७६ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने ४ करोड ७ लाख ६९ हजार २३०.४८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२३६ प्रतिशतले हुन आउने २१ लाख ४५ हजार ७४८.९७ रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

Read more news from Insurance Khabar

Explore by Source or Category