npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

नेपाललाई प्रतिस्पर्धात्मक चुनौती

Prakash Timalsina 3 days ago

मुम्बई (हाम्रो खेलकुद)- नेपालले आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डबाट १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ।

मुम्बईको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको बनाएको छ ।

पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाए।

१० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अ‍ोपनर मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका हुन्। मुन्से २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए।

त्यसअघि १० औँ ओभरको पाचौँ बलमा जोन्सले ३१ बलमा ६ चौका र २ छक्कासहित अर्धशतक पूरा गरे। त्यसको दोस्रो बलमा जर्ज आउट भए।

दोस्रो विकेटका लागि जोन्स र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरे। १६ औँ ओभरको दोस्रो बलमा माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए। ४५ बलमा ८ चौका र ३ छक्कासहित‌ ७१ रनमा जोन्स आउट भए।

१६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे। ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे।

कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।
म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए। टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड आउट भए।

माइकल लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए। मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे।

नेपालका लागि सोमपालले सर्वाधिक ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा २५ रन दिए। नन्दनले २ विकेट आफ्नो नाममा गरे। कप्तान रोहित र कुशल भुर्तेलले समान एक विकेट लिए।

The post नेपाललाई प्रतिस्पर्धात्मक चुनौती first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category