npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

चीनमा पटका विस्फोट‚ १२ जनाको मृत्यु

नेपाल न्युज 1 day ago

बेइजिङ। चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण विस्फोटले १२ जनाको ज्यान लिएको छ। पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने सामान्य पसलमा विस्फोट भएको थियो।

राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै गहन खोजी तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । मृतकमध्ये सात जना वयस्क र पाँच जना नाबालिग रहेको बताइएको छ।

सबै पीडितको पहिचान प्रमाणित भइसकेको जनाइएको छ। रिपोर्टअनुसार पसलका मालिक ‘मिस्टर लिन’ भनेर चिनिने एक व्यक्तिबाहेक बाँकी ११ जना आतसबाजी खरिद गर्न आएका ग्राहक थिए। मृत्यु हुने ग्राहकहरूमध्ये तीन जना करिब ७८० किलोमिटर टाढा रहेको चेङ्दुबाट आफ्ना आफन्तलाई भेट्न आएका थिए।

चन्द्र नयाँ वर्षका अवसरमा विशेष गरी ग्रामीण क्षेत्रमा आतसबाजी र पटाखा फोड्ने परम्परा अत्यन्त लोकप्रिय छ। यद्यपि सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षहरूमा धेरै प्रमुख चिनियाँ सहरहरूले यसको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक रूपमा जारी छ।

विस्फोटको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। बिदाको समयमा यस्ता घातक घटना दोहोरिने क्रम चिन्ताजनक रूपमा देखिँदै आएको छ।

गत आइतबार मात्र पूर्वी जियाङ्सु प्रान्तको एक आतसबाजी पसलमा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

Read more news from नेपाल न्युज

Explore by Source or Category