npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा हस्ताक्षर नगर्नेमा देउवा, गगनसहित २४ जना

अनलाइन टीभी नेपाल 16 hours ago

काठमाडौं । नेपाली कांग्रेसका २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा देखिएका छन् । प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गर्दा सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, गगन थापा र विश्वप्रकाश शर्मा र इतर समूहका नेता शेखर कोइरालासहितका नेताहरूलेृ हस्ताक्षर गरेका छैनन ।

हस्ताक्षर नगर्ने नेतामा अर्जुननरसिंह केसी, आरजु राणा, उदयशमशेर राणा, कुसुमदेवी थापा, दिक्पालकुमार शाही, धनराज गुरुङ, प्रतिमा गौतम, प्रदीप पौडेल, मुक्ताकुमारी यादव, मैना कार्की, मोहनबहादुर बस्नेत, योगेश गौचन थकाली, लिलादेवी वोखिम लिम्बू, विमलेन्द्र निधि, सपना राजभण्डारी, सिता मिजार, सुरेन्द्रराज आचार्य, सञ्जयकुमार गौतम र हृदयराम थानी छन् ।

कांग्रेसका ६५ पूर्वसांसदले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित मंगलबार दायर पूरक रिटमा बुधबार सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी गर्दै मुद्दा लगाउमा राखिएको छ । अब संसद् पुनःस्थापनाका सबै रिटमा एकसाथ सुनुवाइ हुने भएको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category