npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

नेपाल न्युज 2 hours ago

कास्की। मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ।

पोखरा रङ्गशालामा दिउसो २:०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब पोखरा भिड्दैछन्।

जावलाखेलले हालसम्म आहा राराको उपाधि चुम्न सकेको छैन। जावलाखेल पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने र सहारा पनि इतिहास दोहोराउने लक्ष्यमा छ। विसं २०७० मा पहिलो पटक उपाधि चुमेको सहारा दोस्रो उपाधिका लागि मैदानमा जाँदैछ।

जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै फाइनल पुगेको हो।

सहाराले भने प्रिक्वाटरफाइनलमा गोरखा इन्टरनेशलन फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई ६–५ र सेमिफाइनलमा मनाङमस्र्याङ्दी क्लबलाई ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

गत माघ २७ गतेदेखि सुरु भएको २५ औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउने छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category