npl.977 Nepal News Stream

Himal Press logo Himal Press

२४ घण्टामा कतिले हेरे फिल्म ‘झरीपछिको इन्द्रेणी’?

Susmita Bajagain 9 hours ago

काठमाडौँ- फिल्म ‘झरीपछिको इन्द्रणी’ युट्युबमा सार्वजनिक गरिएको छ। फिल्म काठमाडौँ महानगरपालिकामा पूर्वमेयर बालेन्द्र शाहको अफिसियल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो।

२४ घण्टामा फिल्मले साढे ६ लाख भ्युज बटुल्न सफल भएको छ। शुक्रबार दिउँसोसम्म फिल्मले ६ लाख ५५ हजारभन्दा बढी भ्युज कमाएको छ।

फिल्म हेरेपछि करिब ५ हजारले प्रतिक्रिया दिएका छन्। जसमा उनीहरूले फिल्मलाई अहिलेको देशको परिस्थिति र नेपाली समाजको चित्रण गरेको बताएका छन्।

निर्माण टिमले हलमा प्रदर्शन भएको दुई महिनामै फिल्म युट्युबमा सार्वजनिक गरेका हुन्। फिल्म गत पुस ४ गते हलमा प्रदर्शन भएको थियो। हलमा ५१ दिन मनाएको फिल्मले १ करोड २९ लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ।

फिल्ममा र्यापर बालेनले ‘आम नेपाली बुबा’ बोलको गीत गाएका थिए। योसँगै फिल्मको ‘फसायो लमी’ ले गीत पनि र्चित बनेको थियो।

अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्ममा उनीसहित गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, राजेन्द्र नेपाली, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

यस्ताे छ फिल्म

Read more news from Himal Press

Explore by Source or Category